Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अख्तियारको ३४औं वार्षिकोत्सव समारोहमा राष्ट्रपतिको चिन्ता !

अख्तियारको ३४औं वार्षिकोत्सव समारोहमा राष्ट्रपतिको चिन्ता !

सोमवार , माघ २८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पु¥याउनुपर्ने बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि बताए ।

उनले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलल भने–‘भ्रष्टाचारको प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ कानूनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भावित जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अगाडि भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्ने छैन भन्ने मलाई विश्वास छ ।’

ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको र त्यसमा राज्य पक्ष र अख्तियार गम्भीर बन्नुपर्ने बताउँदै उनले भने–‘कसैको दबाबमा प्रभावमा नपरी कसुर र कसुरदार ठुलो वा सानो नगरी काम गर्न आयोग चुक्ने छैन भन्ने पनि मैले विश्वास लिएको छु । पारदर्शी जिम्मेवार र भ्रष्टाचार मुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने नै छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077