Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अख्तियार डे : प्रधानमन्त्री ओलीद्वारा ‘बहिस्कार’ कि ‘लेट नाइट’ ?

अख्तियार डे : प्रधानमन्त्री ओलीद्वारा ‘बहिस्कार’ कि ‘लेट नाइट’ ?

सोमवार , माघ २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसमा सहभागी सहभागी भएनन् ।

पूर्व निर्धारित कार्यक्रममा अनुसार उनी आजके अख्यिार डे मा सहभागी हुने कार्यक्रम तय भएको थियो । तर, अन्तिमम समयमा आउन ओली सहभागी नभएपछि प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा भइरहेको छ । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाएको छ ।

‘त्यस्तो केही समस्या होइन । चार बजे बिहानसम्म प्रधानमन्त्री बस्नुभएकाले उठ्न ढिला भएपछि नजानुभएको हो,’ प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले एक अनलाइनसँग भनेका छन्–‘स्वास्थ्यमा समस्याका कारण होइन ।’

यद्यपी कुनै बेला केपी शर्मा ओलीको सबैभन्दा नजिकका पात्र भनेर चिनिएका आयोगका प्रमुख प्रेमकुमार राईसँग अहिले ओलीको सम्बन्ध खासै राम्रो नभएको स्रोत बताउँछ । त्यसैले पनि ओली आजको कार्यक्रममा सहभागी नभएको आयोगका एक पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077