काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल प्रहरीका एआईजीलाई राजीनामा गर्न लगाइएको भन्दै विरोध गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको भन्दै विरोध गरेकी हुन् ।
प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको उनको आरोप छ । उनले राजनीतिक थिचोमिचोका आधारमा एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाइन् ।
गत शुक्रबार मात्रै एआईजी रवीन्द्र केसीले राजीनामा दिएका हुन् । उनले राजनीतिक दबाबका कारण अवकाश हुनु ४० दिन अघि नै डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न राजीनामा बुझाएका हुन् ।