Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मंगलसेन नगरपालिका तीन हप्तादेखि हाकिमविहीन, मेयरको अनुरोध मन्त्रालयले टेरेन !

मंगलसेन नगरपालिका तीन हप्तादेखि हाकिमविहीन, मेयरको अनुरोध मन्त्रालयले टेरेन !

सोमवार , माघ २८, २०८१

अछाम । अछामको मंगलसेन नगरपालिका तीन हप्तादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीलाई माघ ९ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट हटाएको थियो ।

त्यस यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो । जसकारण नगरापलिकामा हालसम्म प्रशासनिक र आर्थिक कामकाज ठप्प छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रत्यक्ष मारमा सेवाग्राहीहरू परेका छन् ।

उनीहरुले भुक्तानी, सम्झौता, सिफारिस लगायतका कामहरु गर्न पाएका छैनन् । आफूहरुले नगरपालिकाबाट सेवा नािउँदा जनताहरु आक्रोशित बन्न थालेका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने कुनै सुरसार गरेको छैन ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरेपछि नगरपालिकाका मेयर पदम बहादुर बोहराले माघ ११ गते नै प्रमुख प्रशासकीय अधिकृत खटाईदिन मन्त्रालयलाई पत्र लेका थिए । उनले ७२ घण्टाभित्र प्रमुख प्रशासकीय अधिकृत खटाईदिन अनुरोध गरेका थिए ।

तर मन्त्रालयले पत्र पठाएको तीन साता पुग्नै लाग्दा पनि टेरेको छैन । यता नगरमा कार्यरत अन्य ज्येष्ठ कर्मचारीले पनि जिम्मेवारी लिन अस्वीकार गरेको बताइएको छ । प्रशासनिक र आर्थिक कामकाज ठप्प भएपछि नगरपालिकाले दिने सेवा प्रभावित बनेका छन् ।

मंगलसेनसँगै चौरपाटी गाउँपालिकामा पनि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाको जिम्मेवारी खोसेको थियो । तर गाउँपालिकाले थापालाई नै पुनः जिम्मेवारी दिन अनुरोध गर्दै पत्र पठाएपछि केही दिन मै जिम्मेवारी तोकिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077