Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै

नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै

मंगलवार , माघ २९, २०८१

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेशन आज समापन हुँदैछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको बैठक आज नयाँ नेतृत्व घोषणा गर्दै समापन गरिन लागिएको हो ।

काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा हिजो संयोजक डा. भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।

सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो। गत आइतबारदेखि सुरु भएको महाधिवेशनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेशन समापन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077