Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीले अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा उठ्यो छानविनको आवाज

प्रहरीले अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा उठ्यो छानविनको आवाज

मंगलवार , माघ २९, २०८१

धनुषा । नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमारकान्त झाले धनुषा प्रहरीले एक महिलालाई अर्धवस्त्रमै पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा उनले धनुषाको मिथिला नगरपालिका–१ निवासी रामदेव महतोकी बुहारी बबिता महतो नुहाइरहेको बेला पक्राउ परेको दाबी गर्दै घटनाको न्यायिक छानबिनको माग गरेका हुन् ।

प्रहरीले बबितालाई पेटिकोट र ब्लाउज लगाएको अवस्थामा समातेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको घटना सम्बन्धमा प्रदेशसभा सदस्य झाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

तर, जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकी महिला बबिता नभई बिनिता महतो भएको र कानुनी प्रक्रिया अनुसार नै पक्राउ गरिएको स्पष्ट पारे ।

बैंकिङ कसुरका फरार प्रतिवादी रहेकी उनीसँगै प्रहरीले सोही ठाउँकी रञ्जुकुमारी महतोलाई पनि पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका दुवै महिलालाई अदालतमा पेस गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077