काठमाडौं । फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न-उत्तरसम्बन्धी कार्यक्रम राखिएको हो ।
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षणसमेत गराए ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार बस्नेछ ।