Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाउन बाबुरामको प्रस्ताव

फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाउन बाबुरामको प्रस्ताव

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रस्ताव गरेको हो । भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन प्रस्ताव गरे ।

‘शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२र६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई पनि जोड्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077