Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

जनयुद्धका उपलब्धि उल्टयाउने कोसिस हुँदैछ : प्रचण्ड

जनयुद्धका उपलब्धि उल्टयाउने कोसिस हुँदैछ : प्रचण्ड

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै देश विकास गर्न सकिने बताएका छन्।

३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिहरूलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरे।

उनले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने दाबी गरे । उनले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भइनसकेको स्वीकार गरे ।

शान्ति प्रक्रियामा प्रवेश गरेपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077