Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ललिता निवास प्रकरणमा माधव र बाबुरामविरुद्धको मुद्दामा सकियो सुनुवाइ

ललिता निवास प्रकरणमा माधव र बाबुरामविरुद्धको मुद्दामा सकियो सुनुवाइ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ सकिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले आजै फैसला आउने संभावना रहेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सो निर्णय बदरको माग गर्दै २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दावीसहित उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरिएको छ।

उनीहरूले नीतिगत निर्णय मात्रै गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077