Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रासायनिक मलको कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

रासायनिक मलको कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको कालोबजारी रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।

मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।

उनले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिए।

प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे।

उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077