Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुनसक्छ : वर्षमान पुन

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुनसक्छ : वर्षमान पुन

बिहिवार , फाल्गुण १, २०८१

खोटाङ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।

३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन् । उनले समाजवादीसँग आफूहरूको कार्यदिशामा समानता रहेको बताए ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरू रहेको बताए ।

उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वरिपरि कम्युनिस्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077