Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भ्रातृ संगठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने कांग्रेसको निर्णय

भ्रातृ संगठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने कांग्रेसको निर्णय

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरूको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो ।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृ संस्थाका अध्यक्षहरूबीच भएको छलफलमा कांग्रेसका शीर्ष नेताहरूले तोकिएको समय चैतभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको बताए ।

छलफलका क्रममा केही संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैतभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।

यसअघि कांग्रेसले निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077