Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोसेढुंगा हुने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका पदाधिकारीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा त्रिदेशीय विद्युत व्यापारको सहमति गरेका थिए ।

भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

त्यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने प्रचण्डले बताए । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077