Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भूमिसम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत हुन्छ : प्रधानमन्त्री ओली

भूमिसम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत हुन्छ : प्रधानमन्त्री ओली

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत हुने बताएका छन् ।

सरकारले ल्याएका अध्यादेशहरू सदनबाट स्वीकृत हुने प्रधानमन्त्री ओलीले बताएका हुन्।

सरकारले सहकारीसहित ८ वटा अध्यादेश गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरे पनि निर्णयार्थ पेस हुन सकेको छैन।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने अडान राखेपछि राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिँदा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूचीमा परेको छैन।

प्रतिनिधि सभामा कांग्रेस-एमालेको मात्रै पनि बहुमत छ। तर राष्ट्रिय सभामा कांग्रेस र एमालेका जम्मा २७ जना सांसद छन् जबकि बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ।

यसका लागि ३ सांसद भएको जसपा नेपालको साथ अनिवार्य छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077