काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने उनको भनाई छ। महासचिव पोखरेलले अध्यादेशको विरोध भयो भनेर पारित गर्ने कोशिस असफल नहुने बताए।
पोखरेलले सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रबर्द्धन गर्ने हिसावले अध्यादेश ल्याएको बताए।
दुई प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र एमालेले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै जसरी पनि टुंग्याउने बताए।