Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस-एमालेको ध्यान संविधान उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

कांग्रेस-एमालेको ध्यान संविधान उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

शुक्रवार , फाल्गुण २, २०८१

दोलखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान उल्ट्याउने खेल भईरहेको बताएका छन्।

माओवादी केन्द्र जिरी नगरपालिकाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा नभइ संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताए।

अध्यक्ष प्रचण्डले भने,'एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन् । उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

दुईदुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए।

विगतमा संसद विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077