अछाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अछामले तीनमहिने वडाकेन्द्रित 'जरा केन्द्रित अभियान' अन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा कार्यक्रम गरेको छ ।
शुक्रबार एमाले अछामका इञ्चार्ज झपट बोहरासहितको टोलीले त्यहाँ पुगेर अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला गरेको हो । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा एमाले अछामले वडाकेन्द्रित अभियानमा पनि थालेको छ ।
केन्द्रिय कमिटिको निर्णय अनुसार तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ अछाममा पनि जारी छ । विभिन्न पालिकामा केन्द्रिय नेताहरु पुगेर कार्यक्रम गरिरहेका छन् ।
अछामका विभिन्न पालिकामा सो अभियान जारी छ । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पु¥याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न चौरपाटी गाउँपालिकामा पनि भेला आयोजना गरिएको बताइएको छ ।
भेलामा एमाले चौरपाटीका अध्यक्ष झंकर साउँद लगायत विभिन्न वडाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अब गाउँपालिकाका सात वटै वडा र टोलमा पनि यो अभियान सञ्चालन गरिने छ ।