काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टी खोल्ने इच्छा व्यक्त गरेका हुन् । उनले लेखेका छन्, 'म बुझ्न चाहन्छु यदी ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु !'
मिसन ८४ स्वरुप पार्टी खोलेमा भ्रष्टाचार गरी ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी जेल कोच्ने यसको मूल एजेण्डा हुने मेयर हर्कको भनाइ छ।
उनले भने,'पार्टीको एजेण्डा एउटै हुने छ भ्रष्टाचार गरेर ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी घोक्रे ठ्याक लाएर जेल कोच्ने !'
सोही क्रममा उनले विदेशमा पलायन भएको पैसा फिर्ता गर्ने उद्देश्यसहित सबैको साथ समेत खोजेको जनाएका छन्। उनले भने, 'पलायन भएको पैसा फिर्ता गर्ने ! दिने हो साथ ?'