Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एमाले सांसद सूर्य थापाले भने - म विरुद्ध दुष्प्रचार गरेर कांग्रेसले दिउँसै रात पार्न खोज्यो

एमाले सांसद सूर्य थापाले भने - म विरुद्ध दुष्प्रचार गरेर कांग्रेसले दिउँसै रात पार्न खोज्यो

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्युठानमा सडक निर्माणको विषयमा कुप्रचार भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सांसद थापाले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस प्युठानका केही व्यक्तिहरूले योजनाबद्ध दुष्प्रचार गरेको दाबी गरे।

उनले लेखेका छन्,'केही नलेख्ने भनेको, तथ्य लेख्नैपर्ने भयो ! नेपाली कांग्रेस प्युठानका केही व्यक्तिले यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला कांग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर 'क्याटवाक'का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ।'

नेपाली कांग्रेस प्युठानका सभापति विष्णु गिरीले विज्ञप्ति जारी गर्दै प्युठानबाटै निर्वाचित सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत अस्वाभाविक चरित्र देखाउने र बहुदलीय सिद्धान्तलाई अनदेखागरी निरन्तर असमावेशी स्वभाव देखाएको आरोप लगाएका थिए ।

सांसद थापाले त्यसैको बचाउमा कांग्रेसकै कार्यकर्तालाई भिडियोमा बोल्न लगाएर गलत सन्देश फैलाइएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077