Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

जवाफ दिनुको सट्टा प्रधानमन्त्री प्रश्नहरुबाट भाग्नुभयो : प्रभु साह

जवाफ दिनुको सट्टा प्रधानमन्त्री प्रश्नहरुबाट भाग्नुभयो : प्रभु साह

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना प्रश्नबाट भागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसद साहले सोधेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ नदिएपछि सांसद साहले सो आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले कानुनी शासनको उपहास गरेको उनको भनाई छ । प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए।

तर, प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिएनन्। बरु, उनले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए। संसद्को उक्त घटनापछि संसद् भवन सांसद साहले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए।

सांसद साहले भने,‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ । आज यी प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपर्थ्यो । उहाँले संसद्को अपमान गर्नुभयो । प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उडाइदिनुभयो।’

उनले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले बन्देज लगाएको आरोप लगाए। उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजबाटै सकिएको जिकिर गरे।

सांसद साहले सोधेका प्रश्नहरू विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले जवाफ दिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077