Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्री र मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्री र मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पोखरामा भएको बेलुन विष्फोट घटनामा घाइते भएका उनीहरुलाई भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका हुन् ।

हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन उडाउने क्रममा भएको विष्फोटमा परी अर्थमन्त्री पौडेल र मेयर आचार्य गम्भीर घाइते भएका थिए।

दुवै जनालाई तत्कालै उपचारका लागि काठमाडौं ल्याइयो र अहिले बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । घटनापछि सरकारको तर्फबाट तत्कालै छानबिन प्रक्रिया अघि बढाइएको छ।

गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077