Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट निर्णयार्थ पेस हुन सकेन विधेयक

गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट निर्णयार्थ पेस हुन सकेन विधेयक

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेस हुन सकेन ।

आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर सांसदहरूले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसकेका थिए । तर, गणपूरक संख्या नपुगेको भन्दै प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।

सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन् ।्

सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचीबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077