Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, ‘प्रहरी विधेयक, २०८१’मा छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, ‘प्रहरी विधेयक, २०८१’मा छलफल हुने

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र८०० र सातौँ वार्षिक प्रतिवेदन २०८०र८१’ पेस गर्नेछन् ।

सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१’ माथि सामान्य छलफलका लासग प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू महासन्धि, प्रोटोकल र सिफारिस सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077