Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकारले ल्याएका अध्यादेश संसदबाट पारित गरेरै छाड्छु : प्रधानमन्त्री ओली

सरकारले ल्याएका अध्यादेश संसदबाट पारित गरेरै छाड्छु : प्रधानमन्त्री ओली

सोमवार , फाल्गुण ५, २०८१

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसदबाट पारित गरेरै छाड्ने बताएका छन् ।

दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको दोहो¥याए ।

आफूहरु कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको उनको भनाइ थियो ।

नेपाल अब सुरुङ मार्ग र पानीजहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै प्रधानमन्त्री ओलीले दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको सुनाए ।

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सत्ता बाहिर पुुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै उनले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे ।

लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएको र उनीहरू नै लोकतन्त्रका मसिहा बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077