Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एकाबिहानै १५ बुँदामा भीम राववले गरे ओलीमाथि हमला

एकाबिहानै १५ बुँदामा भीम राववले गरे ओलीमाथि हमला

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीबारे कडा प्रश्न गरेका छन् ।

मातृभूमि जागरण अभियानका संयोजकसमेत रहेका रावलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत १५ बुँदामा सवाल उठाएका हुन् । प्रधानमन्त्री केपी ओलीका पछिल्ला काम-कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई देखाउँछन् ?’ उनले शिर्षमा लेखेका छन् ।

जसमा उनले राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाउने, कपटपूर्ण तरिकाले अध्यादेश ल्याएको, समर्थकलाई आफ्नो बचाउका लागि सामाजिक सञ्जालमा अशिष्ट ढंगले लेख्न लगाउने, संसदमा प्रश्नोत्तरका क्रममा जवाफ नदिने जस्ता काम ओलीबाट भइरहेको आरोप लगाएका छन् ।

'फौज्दारी अभियोग र मुद्धा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरुलाई कार्वाई गर्नु त टाढाको कुरा स्पष्टिकरण सम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने तर पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणि गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाउने,' उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077