काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि सरकारमा नरहेको बताएका छन्।
नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन्।
नेता कोइरालाले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि बताए।
नेता कोइरालाले भने, ‘हामी सरकार बाहिर छौं, सत्ता पक्षमा छौं तर सरकारमा छैनौं हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिष्पर्धी पनि हौं, भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो।’
उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक भर्खर संसदमा गएको र छलफल हुन बाँकी नै रहेको बताए।
उनले राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर सरकार बनाउन पहल गरेको बताए।