Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकारले कूटनीतिक सक्षमता देखाएन : सांसद सापकोटा

सरकारले कूटनीतिक सक्षमता देखाएन : सांसद सापकोटा

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले कूटनीतिक अक्षमता देखाएको आरोप लगाएका छन्।

सांसद सापकोटाले नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युपछि सरकारले कूटनीतिक अक्षमता देखाएको आरोप लगाएका हुन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले प्रकृति लम्सालको मृत्युपछि विद्यार्थीले दुःख पाउँदा पनि सरकारले कूटनीतिक सक्षमता नदेखाएको आरोप लगाए

। सांसद सापकोटाले भने,‘भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भयो । अमानवीय व्यवहार नेपालीमाथि धावा बोलियो । तर घटनापछि सरकारले कूटनीतिक सक्षमता देखाएन। यसको कारण पनि अरु विद्यार्थीले सास्ती भोग्नुपरेको छ।’

सांसद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय हत्या र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कुटनीतिक रूपमा असफल भएको देखिएको बताए ।

छिमेकी राष्ट्र भारतमा यस्ता घटना पहिले पनि भइरहेको भन्दै सांसद सापकोटाले नेपाली नागरिकको अपमान गर्ने तथा असुरक्षाको भय उत्पन्न गराउन घटनालाई सिंगो सदनले पनि गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।

माओवादी पार्टीको तर्फबाट घटनाको भर्त्सना गरेको उनले बताए । यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले मृतक परिवारलाई न्याय दिन माग गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077