काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनीष झाले सरकारको कूटनीतिक कमजोरी र्छलङ्ग भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद झाले सो कुरा बताएका हुन् ।
उनले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताए। सांसद झाले सरकारको असफलताको कारण विदेशमा रहेका नेपाली असुरक्षितसमेत रहेको आरोप लगाए।
सांसद झाले भने,'भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु । हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ । तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ ।’
कूटनीतिक रूपमा सरकार असफल भएको भन्दै सांसद झाले नेपाली कूटनीति नै पुनः परिभाषित गर्नुपर्ने बेला आएको बताए ।