काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले सो कुरा बताएका हुन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारले ल्याएको अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरे।
प्रमुख सचेतक घिमिरेले भने, ‘सरकारले कामको गति अगाडि बढाउँन अध्यादेश ल्याउँदा अहिले बिग्रियो चाहिँ के ? यहाँ सत्ता र प्रतिपक्षी हुनुपर्ने जरुरत चाहिँ किन ? कित हामीले अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था नै हटाइदिऔं । अहिले संविधान संशोधनको कुरा पनि चलिरहेको छ । सहमतिबाटै गरौं ।’
प्रचण्ड प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश आफूहरु विपक्षीमा हुँदा पनि समर्थन गरेको उनको भनाइ छ । उनले संसदको दुवै सदनले पारित गर्नुपर्ने भएकाले संसद छलेर कानून नबन्ने बताए ।