Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कुलमानले सरकारलाई टेरेनन्, अराजक गतिविधि हेरेर बस्दैनौं : ऊर्जामन्त्री खड्का

कुलमानले सरकारलाई टेरेनन्, अराजक गतिविधि हेरेर बस्दैनौं : ऊर्जामन्त्री खड्का

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन्। ऊर्जामन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताए ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा घिसिङसँग रुष्ट रहेका ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए ।

ऊर्जामन्त्री खड्काले भने,‘प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न । प्राधिकरणमा सय प्रतिशत लगानी सरकारको छ, तर एउटा कर्मचारी भाषण गर्दै हिँड्नुहुन्छ । यस्तो अराजक गतविधिलाई सरकारले सधै हेरेर बस्नु हुँदैन । लगाम लगाउनुपर्छ ।’

उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उहाले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपनि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे।

ऊर्जामन्त्री खड्काले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे ।

उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077