Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओडिसा पुगे दुई नेपाली सुरक्षा अधिकृत

ओडिसा पुगे दुई नेपाली सुरक्षा अधिकृत

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा दुई नेपाली सुरक्षा अधिकृत पुगेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासले नेपाली छात्राको मृत्युपछि उत्पन्न परिस्थितिले समस्यामा परिरहेका नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने जिम्मेवारी दिएर उनीहरूलाई खटाएको हो ।

कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।

दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् ।

टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्नेछ ।

आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन ।

त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077