काठमाडौं । नेपाली कांग्रेस बी.पी.को सातौ केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।
काठमाडौंमा सोमबार र मंगलबार भएको विस्तारित बैठकमा सभापति सुशीलमान शेरचनले राजनैतिक प्रतिवेदन र महामन्त्री देवेन्द्र प्रकाश पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विस्तारित बैठकमा महामन्त्री पौडेलले राष्ट्रको जग मजबुत पार्न सर्वपक्षीय अर्थात राष्ट्रवादीहरुबीच एकता अपरिहार्य रहेको बताउँदै जुन बीपी कांग्रेसको पहलमा मात्र सम्भव रहेको बताएका छन् ।
बी.पी. कांग्रेसले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते आयोजना गर्न लागेको जलपान कार्यक्रममा केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने भएको छ ।