Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

देशवासीहरुलाई पूर्वराजा ज्ञानेन्द्रको आह्वान - राष्ट्र जोगाउने समय आयो, साथ दिनुस्

देशवासीहरुलाई पूर्वराजा ज्ञानेन्द्रको आह्वान - राष्ट्र जोगाउने समय आयो, साथ दिनुस्

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको टिप्पणी गरेका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए ।

सन्देशमा शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग, समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने बताए ।

पूर्वराजा शाहले राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय एकता र पहिचान जोगाउनुपर्ने आवश्यकता औंल्याए। उनले विगतका कमजोरी सच्याउँदै नेपाललाई स्थिरता, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे।

‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं।’

प्रजातन्त्रको कुरा गर्दा वादविवाद र द्वन्द्व, विरोध र प्रतिरोधको अर्थले रोजिन नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077