Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रकृतिको मृत्युमा भारतीय दूतावासले भन्यो - नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्छौं

प्रकृतिको मृत्युमा भारतीय दूतावासले भन्यो - नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्छौं

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको घटनामा भारतीय दूतावासले मुख खोलेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित दूतावासले ओडिसा राज्य सरकारले यस विषयमा जानकारी लिएको उल्लेख गरेको छ ।

दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको दुःखद् मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिसा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।

'ओडिसा सरकारले नेपालीसहित सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ओडिसा प्रहरीले हेल्पलाइन नम्बर +९१-८२८०३३८३०१ साझा गरेको छ, जसमा सहयोगको आवश्यकता परेका नेपाली विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन् ।

भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ ।

'ओडिसा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ । ओडिसा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ,' विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077