Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

समृद्धिको लागि एकताबद्ध हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

समृद्धिको लागि एकताबद्ध हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन्।

७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले सो कुरा बताएका हुन् ।

उनले समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गरिन् ।

उनले निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको यो दिनमा नेपाल र नेपाली जनताको पक्षमा निरन्तर क्रियाशील रही समृद्धिका लागि एकताबद्ध हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077