Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस

टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ।

सरकारले टुँडिखेलमा विशेष समारोह गरी ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो।

समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाइएको थियो।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077