काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था बदल्न सबै एक भएर अघि बढनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनलेबदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए।
उनले जनताको संघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत् समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताए।