Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

नयाँ पुस्ताले इतिहास बिर्सनु हुँदैन : प्रधानमन्त्री ओली

नयाँ पुस्ताले इतिहास बिर्सनु हुँदैन : प्रधानमन्त्री ओली

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताए ।

जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए।

प्रधानमन्त्री ओलीले नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077