Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विद्यार्थीमाथि दुर्व्यवहार गर्ने केआईआईटीका निर्देशक र सुरक्षागार्ड धरौटीमा रिहा

विद्यार्थीमाथि दुर्व्यवहार गर्ने केआईआईटीका निर्देशक र सुरक्षागार्ड धरौटीमा रिहा

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन्।

केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।

यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।

पछि भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो।

नेपाली विद्यार्थीहरूले सीसीटीभी हेरेर आफूहरुलाई दुर्व्यवहार गर्ने अन्य व्यक्तिहरुमाथि समेत जाँच गर्न माग गरेका छन् ।

तर, यहीबीचमा अदालतको आदेशमा पक्राउ परेकाहरु धरौटीमा छुटेका छन् । ओडिसा प्रदेश सरकारले यो प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077