काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन्।
उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ।
उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् ।
समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ। ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ ।