Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - आफ्नो ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गरौं

कांग्रेस नेता कोइरालाले भने - आफ्नो ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गरौं

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन्।

उनले २०८४ को निर्वाचनलाई मध्यनजर गरेर पार्टीलाई सशक्त बनाउनुपर्ने बताए ।

नेता कोइरालाले भने,‘नेपाली कांग्रेसलाई सशक्त बनाउन प्रजातन्त्र सेनानी संघको पनि महत्वपूर्ण भूमिका छ । २०८४ मा निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर यो संगठनले नेपाली कांग्रेसलाई टिवा दिन्छ भन्ने विश्वास व्यक्त गर्छु।’

उनले बीपी कोइरालाले देखेका सपना साकार पार्ने जिम्मेवारी अबको नेतृत्वको काँधमा आउने भन्दै पार्टीका कर्णधारहरूले त्यसको जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077