Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

जनयुद्धका कारण देश बीसौं वर्ष पछाडि धकेलियो : गगन थापा

जनयुद्धका कारण देश बीसौं वर्ष पछाडि धकेलियो : गगन थापा

बुधवार , फाल्गुण ७, २०८१

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनयुद्धका कारण देश बीसौं वर्ष पछाडि धकेलिएको बताएका छन्।

पाल्पाको पुर्वखोलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले जनयुद्धका नाममा माओवादीले थोपरेको हिंसाले देश बीसौं वर्ष पछाडि धकेलिएको बताए।

महामन्त्री थापाले नेपालको राजनीतिमा माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरे।

महामन्त्री थापाले भने,'५० देखि ६० को दशक हिंसामा बित्यो, त्यसपछिको दश वर्ष संविधान बनाउन र त्यसको व्यवस्थापमा थप १० वर्ष लाग्यो । अब अहिले ८० को दशकमा देश ठिक दिशामा जान लाग्दा फेरि एकथरी प्रवृति आएको छ,केही भएन देश बिग्रियो भत्कियो र बस्नै लायक भएन भन्ने । सबै ठिक छ भन्ने र केही भएन भन्ने दुवै प्रवृति गलत हुन्।'

एमालेले हिंसा शब्द प्रयोग गर्दा माओवादीले आपत्ति जनाइरहेका बेला कांग्रेस महामन्त्रीले पनि माओवादी हिंसाका कारण देशको प्रगति २० वर्ष पछि परेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077