Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छ

कांग्रेस महामन्त्री थापाले भने - चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छ

बुधवार , फाल्गुण ७, २०८१

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको चुनावमा परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन् ।

पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा कांग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने उनले जिकिर गरे ।

महामन्त्री थापाले भने,‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जाने हो । यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जाने हो।’

रिपोर्ट कार्डको आधारमा कांग्रेसलाई मत नदिएर यहाँ गल्ती भएछ भनेर मतदाताहरुले महसुस गर्ने उनले बताए ।

उनले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077