Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ओडिसा घटनाबारे परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्ता

ओडिसा घटनाबारे परराष्ट्रमन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्ता

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी .केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा मन्त्री राणाले उच्च शिक्षामन्त्री सुरजसँग कुराकानी गरेकी हुन् ।

मन्त्री राणाले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरिन् ।

सो फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077