Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

महिनौँपछि चौरपाटीमा झुल्किए कांग्रेस सभापति, आसन ग्रहण नगराउँदा जोस्सिए !

महिनौँपछि चौरपाटीमा झुल्किए कांग्रेस सभापति, आसन ग्रहण नगराउँदा जोस्सिए !

बुधवार , फाल्गुण ७, २०८१

अछाम । नेपाली कांग्रेस चौरपाटी गाउँपालिकाका सभापति धर्म साउँद महिनौँपछि पालिकामा देखिएका छन् । उनी बुधबारदेखि चौरपाटी गाउँपालिकामा सुरु भएको १५औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता उद्घाट्न समारोहमा देखिएका हुन् ।

उनी लामो समयदेखि व्यक्तिगत कारणले पालिका बाहिर रहेका थिए । त्यसपछि उपसभापति देउमल खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका थिए ।

कार्यबाहक सभापति भएकै कारण बुधबारको प्रतियोगिता उद्घाट्न समारोहमा खड्कालाई नै सुरुमा आसन ग्रहण गराइएको थियो । तर कार्यक्रम स्थलमै सहभागि भएका सभापति साउँदलाई आसन ग्रहण गराइएन् ।

त्यसपछि आक्रोशित रुपमा स्टेजमा उक्लिएका सभापति साउँदले कार्यक्रम सञ्चालकलाई जबरजस्ति आफूलाई आसन ग्रहण गराउन भनेका थिए । त्यसबेला कार्यक्रम सञ्चालक पनि अलमलमा परे । उनले कांग्रेसका सभापति धर्म साउँदलाई आसन ग्रहण गर्न अनुरोध गरे । जबकी धर्म कांग्रेस चौरपाटी गाउँपालिकाका सभापति हुन् ।

कार्यक्रम सञ्चालकले कांग्रेस सभापति मात्रै उचारण गरेका थिए । यता साउँदले भने आफूलाई नियतवस आसन ग्रहण नगराइएको गुनासो गरे ।

'म हिजो नै चौरपाटी आएको हुँ । सबैलाई थाहा हुँदा पनि आसन ग्रहण गराएनन्,' उनले भने । यस घटनाले कांग्रेस चौरपाटीमा विवाद रहेको खुलस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077