काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित गरेको छ ।
बुधबार बसेको पोलिटब्यूरो बैठकले बिहीबारबाट बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रस्ताव पारित गरेको हो ।
बैठकले भोलि बिहानदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने अध्यक्षको राजनीतिक प्रस्ताव पारित गरेको छ ।
त्यस्तै आगामी कार्ययोजना, नियमावलीजस्ता दस्ताबेजहरू पनि बैठकको एजेन्डाका रूपमा पारित भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
यस्तै पार्टीको स्थायी कमिटी बैठकले गरेको अध्यादेशको विपक्षीमा उभिने निर्णय पनि अनुमोदन भएको छ ।