Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु हुन लागेको हो । बैठकका लागि ९ वटा कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन् ।

मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो । यस्तै अध्यक्ष माधव नेपालको राजनीतिक प्रस्ताव पनि उक्त बैठकले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077