Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

फेरि राजा बन्ने सपना नदेख्न ज्ञानेन्द्र शाहलाई योगेश भट्टराईको चेतावनी

फेरि राजा बन्ने सपना नदेख्न ज्ञानेन्द्र शाहलाई योगेश भट्टराईको चेतावनी

बिहिवार , फाल्गुण ८, २०८१

सुर्खेत। नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै सचिव भट्टराईले उक्त चेतावनी दिएका हुन् ।

उनले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे।

सचिव भट्टराईले भने,'उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो । फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन ।'

जनताले फ्याँकिसकेकाे राजतन्त्र अब फर्कन नसक्ने पनि उनको दाबी छ।

दरबार हत्याकाण्ड हामीले गरेको हो र ? भन्दै प्रश्न समेत गरे। दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077