Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकार सञ्चालनका लागि दलीय संयन्त्र आवश्यक छैन : नेता कोइराला

सरकार सञ्चालनका लागि दलीय संयन्त्र आवश्यक छैन : नेता कोइराला

बिहिवार , फाल्गुण ८, २०८१

सुर्खेत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक नभएको बताएका छन्।

नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले संसदलाई छलेर अध्यादेश ल्याउनु गलत भएको बताए।

नेता कोइरालाले भने, ‘सरकारले अध्यादेश ल्याएको छ। अध्यादेशको कन्सेप्ट क्लियर हुनुपर्छ। सरकारले कामै गर्न नसक्ने बाध्यकारी अवस्थामा अध्यादेश ल्याउनुपर्छ।'

सधैँ एमालेको गुणगान गाएर पार्टीको हित नहुने उनले बताए । नेता कोइरालाले सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु पनि गलत भएको बताए।

नेपाली कांग्रेसको भावी नेतृत्वको रुपमा देखिएका नेता कोइरालाले बताए। उनले कांग्रेस सरकारमा भए पनि सरकारलाई खबरदारी गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077